FAQs Complain Problems

ताजा सूचना तथा समाचार

सुनवर्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, डाइनियाँ

Read More

नगर प्रमुख श्‍याम प्रसाद राजवंशी

Read More

नगर उप-प्रमुख मिरा देवी दास केवरत

Read More

दुर्गा मन्दिर

Read More

झुंलुगे पुल

Read More

सुनवर्षी नगरपालिकाको आठौं नगरसभा-२०८०/०३/१०

Read More

झाँकी

Read More

पशुपतिनाथ

Read More

पाथिभरा

Read More

सुनवर्षी नगरपालिकाको संक्षिप्त परिचय

मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंसिक रुपमा गोविन्दपुरको वडा नं २,५,६,८,९, रंगेली न.पाको ९,१०,११ र वरडंगाको गाविसको २,३,६,८,९ समावेश गरी सुनवर्षी नगरपालिकाको रुपमा घोषणा भएको हो। यस सुनवर्षी नगरपालिकाको नामाकरण प्रसिद्ध सुनवर्षी मजाराज थानको नामबाट गरिएको छ । यस नगरपालिकाको कार्यालय डाईनियामा राखिएको छ।
२०७३/११/२७ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा यसै जिल्लाको रतुवामाई न.पा, पश्‍चिममा रंगेली न.पा र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्‍चरे न.पा र दक्षिणमा भारतीय बोर्डरसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि रहेको छ। यस नगरपालिकालाई जम्मा ९ वटा वडाहरुमा विभाजन गरिएको छ भने यस नगरपालिकाको कुल जनसंख्या ५६१६९ रहेको छ।

विस्तृत जानकारीको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।

सुनवर्षी नगरपालिका

Sunawarshi Municipality

Country

    https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9b/Flag_of_Nepal.svg/16px-Flag_of_Nepal.svg.png  Nepal

Province

Province No. 1

District

Morang District

Established

27 Falgun 2073

Government

• Chairperson

Mr. Shyam Prasad Rajbanshi(CPN UML)

• Vice-chairperson

Mrs. Mira Devi Das Kewarat (CPN UML)

Area

• Total

106.4 km2

Population (2017)

• Total

50,758

Time zone

UTC+5:45 (Nepal Standard Time)

Area code(s)

+977-021

Office

Sunawarshi Ward No. 9

जन प्रतिनिधि

नगर प्रमुख
9852028134
नगर उप-प्रमुख
9810570232

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9842020125

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- * ३५ दिन भित्र निशुल्क * ३५ दिन नाघि दर्ता शुल्क -३००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बाहिर जिल्ला, नगरपालिका वा गाँउपालिकाबाट बसाईसराई भै आएको सक्कल प्रमाण पत्र
  • बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित वडा कार्यालयको बसाईसराई कागजात
  • घरमुलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • अन्य ठाउँबाट बसाई सरी आउँदा आफु बसोबास गरी आएको ठाउँको जग्गाधनी प्रमाणपुर्जा वा बसोवास भएको देखिने अन्य कुनै प्रमाण
  • चालु आ.व. सम्मको मालपोत एवं सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- * ३५ दिन भित्र निशुल्क * ३५ दिन नाघि दर्ता शुल्क -३००
आवश्यक कागजातहरुः-
  • पति पत्नी दुवैको नागरिकताको प्रमाणपत्र
  • ना.प्र. नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता
  • दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- * ३५ दिन भित्र निशुल्क * ३५ दिन नाघि दर्ता शुल्क -१००
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाको प्रमाणपत्र वा पेनसन पट्टा सूचना दिने मानिसको नागरिकता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- * ३५ दिन भित्र निशुल्क * ३५ दिन नाघि दर्ता शुल्क -१००
आवश्यक कागजातहरुः-
  • शिशुको बाबु आमाको नागरिकताको प्रमाणपत्र
  • उमेर खुलेको प्रमाणपत्रको आधारमा परिवारको मुख्य व्यक्ति वा सबै भन्दा जेठो व्यक्तिले सूचना दिने
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नाता प्रमाणितको प्रकृति हेरी
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको निवेदन
  • नाता प्रमाणित गर्नेको जन्म दर्ता र नागरिकता
  • दुवै पक्षको पासपोर्ट साईजको दुई दुई प्रति फोटोहरु
  • आवश्यकता अनुसार जन्म, विवाह, मृत्यु दर्ता र बसाईसराई प्रमाण पत्र
  • चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय दर्ता तथा नविकरण
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय ( प्रशासन तथा योजना शाखा)
सेवा शुल्कः- व्यवसायको प्रकृति हेरी
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रतिलिपि
  • निवेदन
  • वडा कार्यालयको सिफारिस सरजमिन मुचलका समेत
  • व्यवसाय भाडामा भए वहल समझौता
  • आफ्नै जग्गामा व्यवसाय संचालनको खण्डमा घर जग्गाको फोटोकपी र २ प्रति फोटो
सेवा प्रकारः- योजना सम्बन्धी
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, ईन्जिनियर, सब ईन्जिनियर र लेखा अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नि: शुल्क
आवश्यक कागजातहरुः-
  • कार्यसम्पन्न प्रतिवेदन
  • नापि किताब
  • खर्चको विल भरपाई
  • उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
  • फर्छयौटको निर्णयको प्रतिलिपि
  • योजनाको कार्यालयको सिफारिस
  • सार्वजनिक परिक्षण प्रतिवेदन
  • अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि
सेवा प्रकारः- योजना सम्बन्धी
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- योजना अधिकृत, वडा सचिव
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय ( प्रशासन तथा योजना शाखा) र वडा कार्यालय
सेवा शुल्कः- नि: शुल्क
आवश्यक कागजातहरुः-
  • समझौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • वडा अध्यक्ष वा वडा सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
  • उपभक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान
  • उपभोक्ता समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति

Pages

जानकारी