FAQs Complain Problems

ताजा सूचना तथा समाचार

संक्षिप्त परिचय

सुनवर्षी नगरपालिकाको संक्षिप्त परिचय

मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंसिक रुपमा गोविन्दपुरको वडा नं २,५,६,८,९, रंगेली नगरपालिकाको ९,१०,११ र वरडंगाको गाविसको २,३,६,८,९ समावेश गरी सुनवर्षी नगरपालिकाको रुपमा घोषणा भएको हो। यस सुनवर्षी नगरपालिकाको नामाकरण प्रसिद्ध सुनवर्षी महाराज थानको नामबाट गरिएको छ । यस नगरपालिकाको कार्यालय डाईनियामा राखिएको छ।

२०७३/११/२२ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा यसै जिल्लाको रतुवामाई न.पा, पश्‍चिममा रंगेली न.पा र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्‍चरे न.पा र दक्षिणमा भारतीय बोर्डरसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि रहेको छ। यस नगरपालिकालाई जम्मा ९ वटा वडाहरुमा विभाजन गरिएको छ भने यस नगरपालिकाको कुल जनगणना २०६८ बमोजिमको जनसंख्या ५०,७५८ रहेको थियो भने हालको जनसंख्याको विवरण हेर्न यो लिङ्कमा जानुहोला https://censusnepal.cbs.gov.np/results/population?province=1&district=12...

भौगोलिक हिसाबले ८७֯ २९’ ५६” देखि ८७֯ ३६’ १” पूर्वी देशान्तर र २६֯ २३’ ३६” देखि २६֯ ३४’ ३५” उत्तरी अक्षांशमा अवस्थित सुनवर्षि प्रदेश नं. १ क्षेत्रको एउटा प्रमुख धार्मिक, ऐतिहासिक तथा व्यवसायिक औधोगिक क्षेत्र हो ।

( Sunawarshi (Nepali: सुनवर्षि) is an urban municipality in Morang District of Province No. 1 of Nepal. It is one out of nine urban municipalities of Morang District. The municipality was formed in March 2017 merging some former VDCs: e.g. Amardah, Gobindpur, Bardanga and Dainiya, also taken 3 wards from Rangeli Municipality. The municipality is divided into 9 wards and total area of the municipality is 106.4 km2 and the population of the municipality is 50758, according to the census of Nepal in 2011.It is surrounded by Ratuwamai in east, Rangeli and Kanepokhari in west, Pathari Sanischare in north and India in south. )

PDF मा Online पढ्न यहाँ Click गर्नुहोस ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.