FAQs Complain Problems

सुनवर्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, डाइनियाँ

Read More

नगर प्रमुख श्‍याम प्रसाद राजवंशी

Read More

नगर उप-प्रमुख मिरा देवी दास केवरत

Read More

दुर्गा मन्दिर

Read More

झुंलुगे पुल

Read More

सुनवर्षी नगरपालिकाको आठौं नगरसभा-२०८०/०३/१०

Read More

झाँकी

Read More

पशुपतिनाथ

Read More

पाथिभरा

Read More

सुनवर्षी नगरपालिकाको संक्षिप्त परिचय

मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंसिक रुपमा गोविन्दपुरको वडा नं २,५,६,८,९, रंगेली न.पाको ९,१०,११ र वरडंगाको गाविसको २,३,६,८,९ समावेश गरी सुनवर्षी नगरपालिकाको रुपमा घोषणा भएको हो। यस सुनवर्षी नगरपालिकाको नामाकरण प्रसिद्ध सुनवर्षी मजाराज थानको नामबाट गरिएको छ । यस नगरपालिकाको कार्यालय डाईनियामा राखिएको छ।
२०७३/११/२७ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा यसै जिल्लाको रतुवामाई न.पा, पश्‍चिममा रंगेली न.पा र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्‍चरे न.पा र दक्षिणमा भारतीय बोर्डरसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि रहेको छ। यस नगरपालिकालाई जम्मा ९ वटा वडाहरुमा विभाजन गरिएको छ भने यस नगरपालिकाको कुल जनसंख्या ५६०३४ रहेको छ।

विस्तृत जानकारीको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।
सुनवर्षी नगरपालिका
Sunawarshi Municipality
Country Nepal
Province Province No. 1
District Morang District
Established 27 Falgun 2073
Government
Chairperson Mr. Shyam Prasad Rajbanshi (CPN UML)
Vice-chairperson Mrs. Mira Devi Das Kewarat (CPN UML)
Area
Total 106.4 km2
Population (Census 2021)
Total 56,034
Time zone UTC+5:45 (Nepal Standard Time)
Area code(s) +977-021
Office Sunawarshi Ward No. 9, Dainiya

जन प्रतिनिधि

नगर प्रमुख
9852028134
नगर उप-प्रमुख
9810570232

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9852088205
सूचना प्रविधि अधिकृत
9810263348

सेवाहरु

सेवा प्रकारः- राजश्व
सेवा समयः- सोही दिन पालो अनुसार तत्कालै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर.सि.सि. फ्रेम स्ट्रक्चर मा आर सि सि ढलान रु. १।१० प्र व फु आर.सि.सि. फ्रेम स्ट्रक्चर मा जस्ता छाना रु. ०।८० प्र व फु इट्टा र सिमेण्ट जोडाई मा आर सि सि ढलान रु. ०।९० प्र व फु इट्टा र सिमेण्ट जोडाई मा जस्ता छाना रु. ०।७० प्र व फु टाँडे काठको घर २५०।०० एकम
आवश्यक कागजातहरुः-
  • गत आ.व. सम्मको घरजग्गा कर वा कर निर्धारण स्विकृत भएको कागजात

नोट:

* सम्पत्ति कर असुल गरेर मात्र नगरपालिका र वडा कार्यालयबाट प्रवाह गरिने सेवा प्रदान गर्ने गराउने ।

सेवा प्रकारः- राजश्व
सेवा समयः- सोही दिन पालो अनुसार तत्कालै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आ.व. २०७७/०७८ को लागि प्रकृति तथा मुल्यांकनको आधारमा
आवश्यक कागजातहरुः-
  • गत आ.व. सम्मको घरजग्गा कर वा कर निर्धारण स्विकृत भएको कागजात
सेवा प्रकारः- राजश्व
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र , नागरिकताको प्रतिलिपि ।
  • जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपि ।
  • जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि
  • नापि नक्सा समेत ।
  • सर्जमिन गरि बुझ्नुपर्ने भए साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपि
  • चालु आ. व. सम्मको घरजग्गा कर र मालपोत तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात ।
  • निवेदक स्वयम् उपस्थित नभए निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि ।
सेवा प्रकारः- नागरिकता सम्बन्धि सिफारिस
सेवा समयः- सोही दिन पालो अनुसार तत्कालै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०००/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ।
  • नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि ।
  • दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साईजको फोटो ३ प्रति ।
  • नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाणहरु ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • सर्जमिन मुचुल्का ।
  • चालु आ. व. सम्मको मालपोत कर तिरेको प्रमाण ।
सेवा प्रकारः- नागरिकता सम्बन्धि सिफारिस
सेवा समयः- सोही दिन पालो अनुसार तत्कालै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • अस्थायी निस्साको प्रतिलिपि, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपि ।
  • दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
  • अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्म मिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ।
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपि ।
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • बसाईसराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि ।
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
  • चालु आ. व. सम्मको मालपोत कर बुझाएको प्रमाण ।
  • प्रतिलिपिको हकमा पुरानो नागरिकताको छायाँकपी ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- ईन्जिनियर, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- घर नक्साको प्रकृति हेरी
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दरखास्त फारम
  • जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
  • ईजाजत प्राप्त कन्सल्टेन्सीबाट A3 साइजको पेपरमा तयार गरिएको घरको नक्सा ४ प्रति (ऐच्छिक)
  • जग्गा धनीको पासपोर्ट साइजको फोटो ५ प्रति
  • चालु आ. व. को मालपोत तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- सव-ईन्जिनियर, ईन्जिनियर, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- घर नक्साको प्रकृति हेरी
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दरखास्त फारम
  • जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
  • नापीको नक्सा (फाइल नक्सा र वार्ड नक्सा)
  • नगरपालिकाबाट उपलब्ध हुने नक्सा किताब
  • ईजाजत प्राप्त कन्सल्टेन्सीबाट A3 साइजको पेपरमा तयार गरिएको घरको नक्सा ४ प्रति
  • जग्गा धनीको पासपोर्ट साइजको फोटो ५ प्रति
  • पुरानो घरको हकमा चार दिशाबाट खिचिएर धुलाको फोटो
  • चालु आ. व. को मालपोत तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- * ३५ दिन भित्र निशुल्क * ३५ दिन नाघि दर्ता शुल्क -२००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र साथ पति/पत्नीको नागरिकताको प्रतिलिपि
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पतिको ठेगाना सम्बन्धित वडाको हुनु पर्ने

Pages

जानकारी