FAQs Complain Problems

सुनवर्षी नगरपालिकाको संक्षिप्त परिचय

मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंसिक रुपमा गोविन्दपुरको वडा नं २,५,६,८,९, रंगेली न.पाको ९,१०,११ र वरडंगाको गाविसको २,३,६,८,९ समावेश गरी सुनवर्षी नगरपालिकाको रुपमा घोषणा भएको हो। यस सुनवर्षी नगरपालिकाको नामाकरण प्रसिद्ध सुनवर्षी मजाराज थानको नामबाट गरिएको छ । यस नगरपालिकाको कार्यालय डाईनियामा राखिएको छ।
२०७३/११/२७ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा यसै जिल्लाको रतुवामाई न.पा, पश्‍चिममा रंगेली न.पा र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्‍चरे न.पा र दक्षिणमा भारतीय बोर्डरसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि रहेको छ। यस नगरपालिकालाई जम्मा ९ वटा वडाहरुमा विभाजन गरिएको छ भने यस नगरपालिकाको कुल जनसंख्या ५६०३४ रहेको छ।

सुनवर्षी नगरपालिका
Sunawarshi Municipality
Country Nepal
Province Province No. 1
District Morang District
Established 27 Falgun 2073
Government
Chairperson Mr. Shyam Prasad Rajbanshi (CPN UML)
Vice-chairperson Mrs. Mira Devi Das Kewarat (CPN UML)
Area
Total 106.4 km2
Population (Census 2021)
Total 56,034
Time zone UTC+5:45 (Nepal Standard Time)
Area code(s) +977-021
Office Sunawarshi Ward No. 9, Dainiya

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.