ताजा सूचना तथा समाचार
नागरिकता प्रमाणपत्र र प्रतिलिपिको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन पालो अनुसार तत्कालै
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. २००/-
आवश्यक कागजातहरु:
- निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- अस्थायी निस्साको प्रतिलिपि, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपि ।
- दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
- अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्म मिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ।
- विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपि ।
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- बसाईसराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि ।
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
- चालु आ. व. सम्मको मालपोत कर बुझाएको प्रमाण ।
- प्रतिलिपिको हकमा पुरानो नागरिकताको छायाँकपी ।